रुसी संसदीय निर्वाचनमा सत्तारुढ ‘युनाइटेड रसिया’ को बहुमत, प्रारम्भिक नतिजामा अग्रता
makalukhabar.com · Tue Sep 22 05:24:30 GMT 2026

एजेन्सी । रुसको तल्लो सदन ‘स्टेट डुमा’ (राज्य डुमा) का लागि हालै सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिन निकट सत्तारुढ दल ‘युनाइटेड रसिया’ ले स्पष्ट अग्रता हासिल गरेको छ ।
रुसी केन्द्रिय निर्वाचन आयोगले सोमवार सार्वजनिक गरेको ९५.१८ प्रतिशत मतगणनाको प्रारम्भिक नतिजाअनुसार सत्तारुढ दलले ५७.८३ प्रतिशत मत प्राप्त गर्दै आफ्नो पकडलाई निरन्तरता दिएको हो।केन्द्रीय निर्वाचन आयोगकी अध्यक्ष एल्ला पाम्फिलोभाले मस्कोमा आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो नतिजा सार्वजनिक गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)