ट्वीनी गर्ल्समाथि दुर्व्यवहारपछि प्रहरी विवादमा, गृहमन्त्रीको निर्देशनमा आन्तरिक छानबिन
barnanmedia.com · Tue Sep 22 05:20:40 GMT 2026

काठमाडौं । चर्चित टिकटक दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडामाथि काठमाडौं एयरपोर्टअगाडि दुर्व्यवहार भएको घटनामा प्रहरीले गरेको व्यवहार विवादमा परेको छ। घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा प्रिज्माले आफूहरूमाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिए पनि घटनाबारे बुझ्न आएका एक प्रहरीले उल्टै आफूले लगाएको कपडामाथि टिप्पणी गरेको आरोप लगाएकी छन्।
प्रिज्माका अनुसार शनिबार राति एयरपोर्टको अगाडि ‘स्ट्रिट फुड’ खाइरहेका बेला मदिरा सेवन गरेका दुई व्यक्तिमध्ये एक जनाले आफूलाई ‘जाने हो?’ भन्दै दुर्व्यवहार गरेका थिए। त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरी आएर दुवै जनालाई नियन्त्रणमा लिएको उनले बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)