क्यानडा र माल्दिभ्सले नेपाललाई ६ लाख डोज कोभिड खोप उपलब्ध गराउने
nepallive.com · Thu Oct 07 01:11:00 GMT 2021
काठमाडौं- नेपाललाई क्यानडा र माल्दिभ्सले एस्ट्राजेनेका खोप अनुदानमा उपलब्ध गराउने भएका छन्। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार क्यानडाले कोभ्याक्स सुविधामार्फत ४ लाख डोज खोप दिने भएको छ। त्यसैगरी माल्दिभ्सले दुई लाख ३० हजार डोज खोप अनुदानमा उपलब्ध गराउने बताइएको छ।
व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले भने, ‘क्यानडा र माल्दिभ्स दुवै देशले एस्ट्राजेनेका खोप उपलब्ध गराउने छन्। तर उक्त खोप नेपाल आइपुग्ने मिति भने तय भइसकेको छैन।’
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)