यमन सङ्कट चर्किँदा साउदीको साथमा बेलायत, हवाई इन्धन सहयोग गर्ने
ratopati.com · Tue Sep 22 05:43:18 GMT 2026

यमनका हुथी विद्रोहीबाट साउदी अरबमाथि भइरहेको आक्रमणको सामना गर्न बेलायतले साउदीलाई सीमित सैन्य सहयोग उपलब्ध गराउने भएको छ । बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले सोमबार संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्कतर्फ जाने क्रममा विमानभित्र पत्रकारहरूसँग कुरा गर्दै बेलायती शाही वायुसेनाले साउदीका लडाकु विमानलाई हावामै इन्धन भर्ने (एयर–टु–एयर रिफ्युलिङ) सुविधा उपलब्ध गराउने सहमति भएको जानकारी दिए ।
बर्नहमका अनुसार यो सैन्य सहयोग केही साताका लागि मात्र हुने छ । यद्यपि, परिस्थितिको समीक्षा गर्दै सहयोगको अवधि आवश्यकताअनुसार पुनर्विचार गर्न सकिने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)