मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्र प्रहरी बलको एआईजीमा राजु अर्याल सिफारिस

kharibot.com · Sun Apr 17 23:15:00 GMT 2022

काठमाडौं । सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा राजु अर्यालको नाम सिफारिस गरिएको छ । गृह मन्त्रालयले हालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले अर्याललाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । बढुवा भएका अर्यालबारे उजुरी गर्नको लागि सात दिनको समय दिइएको छ । सातदिनभित्रमा कहि कतैबाट उजुरी नपरेको खण्डमा सरकारले उनलाई एआईजीमा बढुवा गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)