बालेनकालमा पनि सुध्रिएन वायुसेवा निगम
nepalnews.com · Tue Sep 22 04:15:44 GMT 2026

२४ साउन (९ अगस्ट)मा इटाली पुर्याइएको नेपाल वायुसेवा निगमको वाइडबडी ए-३३० मकालु डेढ महिना पुग्दासमेत नेपाल आउन सकेको छैन। उक्त जहाज सी-चेक मर्मतका लागि इटालीको एटिटेक कम्पनीमा लगिएको थियो। निगमका अधिकारीहरूका अनुसार साधारणतया सी-चेक करिब २० दिनमा सकिने मर्मत हो।