भोटेकोशी विपत्तिले न्युटनको तेस्रो नियम सम्झाइ दियो
ratopati.com · Tue Sep 22 05:48:04 GMT 2026

भदौको १० गते थियो । हामी गुल्मीको ठूलोलुम्पेकस्थित श्रमशीला उत्पादन इकाईमा हिउँदे खेतीका लागि ट्याक्टर जोतिरहेका थियौँ । प्लास्टिकका टनेलभित्र टमाटर, छेउमा लट्टे र भेन्डी फलिरहेका थिए । सत्यवती कृषि तथा पशुपालन समूहका अध्यक्ष चेतमानजी, बिरु दाइ, झुपी दिदी, लिला भान्जा, खुमन जेठान, ओम राहादी, हाम्री बोइ, टेकन र म गरी ९ जना बिहानैदेखि सामूहिक काममा व्यस्त थियौँ ।
दिउँसो १ बजेतिर अर्नी खानेबेला टेकनले ‘रसुवामा बाढी आएछ, सबै गाउँ नै सखाप पारेछ’ भनेपछि हामी झसङ्ग भयौँ । मैले रसुवाका साथी प्रकाशजी र काठमाडौँमा बस्ने समालोचक गुरुङ सुशान्त र साथी रसुवाली कविलाई सम्झिएँ । हामी अबेला घर फर्केर नेट अन गर्दा म्यासेन्जरमा लगातार नोटिफिकेसनको आवाज बज्यो । मोबाइलको स्क्रिनभरी विभत्स भिडियो र चित्कारका फुटेजहरू ट्रेन्डिङमा थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)