बालबालिकाका लागि दाँतको महत्व
rajdhanidaily.com · Sat Feb 26 17:09:32 GMT 2022
विश्व स्वास्थ्य संगठन र एफडीआईका अनुसार ९० प्रतिशतसम्म स्कुले विद्यार्थीमा दन्तसडन छ । विद्यालयमा अनुपस्थिति हुनुको एक नम्बरको कारणमा दाँतको दुखाइ छ । एक दशक पहिले भएको नेपालको एक मात्र ओरल हेल्थ पाइलट सर्भेअनुसार बच्चामा उपचार नगरिएको दन्तसडन कुपोषण ५३ प्रतिशत र भिटामिन ‘ए’को कमी ५८ प्रतिशतभन्दा बढी छ । १ सय ६ विद्यालयका ८ देखि १४ वर्षका विद्यार्थीमा गरिएको क्रस सेक्सनल सर्भेमा ४५ प्रतिशतले दाँतको दुखाइ, ६० प्रतिशतले खान नसकेको, १४ प्रतिशतले अनिद्रा, ७ प्रतिशतले आर्थिक बोझ, ६ प्रतिशतले खेल्न नसकेको, ५ प्रतिशतले विद्यालय जान नसकेको, २ प्रतिशतले गृहकार्य गर्न नसकेको र ६ प्रतिशतले उपरोक्त सबै समस्या भोगेको बताएका थिए ।
त्यसो त १४ अञ्चल ७५ जिल्लाका सहर गाउँ, हिमाल पहाड र तराईमा २ हजार ५ सय बढी निःशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा पु-याउँदा स्वास्थ्य शिविरमा आउने गरेका बालबालिकामध्ये अत्यधिक मात्रामा दन्तरोगको सिकायत नै छ । दन्त समस्या सहरमा र गाउँमा दुवैतिर उस्तै बढी र भयानक छ । सहरमा चेतना बढी छ । तर, गाउँमा कम चेतना भए पनि दाँतलाई हानि गर्ने खाद्यान्न गाउँमा कम मात्र उपभोग हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)