बत्ती निभाएर मैनबत्ती बाल्दै रविको साङ्केतिक विरोध
ratopati.com · Mon Mar 24 17:42:00 GMT 2025

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने ५ महिनापछि फेसबुकमा फर्किएका छन् । नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णय भएपछि सोमबार राति फेसबुक लाइभमा आएर उनले साङ्केतिक विरोध गरेका हुन् ।
लाइभमा आएर उनले केही बोलेनन् । बरु उनले साङ्केतिक विरोधस्वरुप बत्ती निभाएर मैनबत्ती बाले । उनले लाइभको क्याप्सनमा लेखेका छन्, ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन् !’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)