ऋद्धिसिद्धी बसमा आगो लगाउने चालकको मृत्यु, पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्
hamrakura.com · Tue Sep 22 00:00:00 GMT 2026

काठमाडौँ । त्रिपुरेश्वरमा सोमबार मध्यान्ह आफूसँगै बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान अझै खुल्न सकेको छैन । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार चालकको मृत्यु भइसकेकाले उनको पहिचान र बतनबारे आवश्यक अनुसन्धान भइरहेको छ ।
‘मृतकका आफन्तहरु पनि सम्पर्क आउनुभएको छैन । हिजो सम्पर्कमा आउनुभएका व्यक्तिहरु पनि आज सम्पर्कविहीन हुनुहुन्छ । हामी निरन्तर अध्ययनमा छौँ, आज दिनभरमा पहिचान पत्ता लगाउने छौँ,’ सुवेदीले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)