मलेसिया रोजगारी समस्याबारे प्रधानमन्त्री बालेनले गरे मलेसियन समकक्षीसँग टेलिफोन वार्ता
ratopati.com · Tue Sep 22 05:55:48 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गरेका छन्। मंगलबार बिहान भएको टेलिफोन वार्तामा नेपाल–मलेसिया वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या तथा त्यसको समाधानका विषयमा छलफल भएको छ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिएको बालेनको सचिवालयले जनाएको छ। उनले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा नेपाल सरकारलाई स्वीकार्य नरहेको स्पष्ट पारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)