राष्ट्र बैंकको निगरानीमा ठूला सहकारी
annapurnapost.com · Tue Sep 22 05:48:20 GMT 2026

काठमाडौं : राष्ट्रिय सहकारी प्राधिकरणमा काजमा गएको राष्ट्र बैंकको टोलीले दर्जन सहकारीको अनुगमन तथा निरीक्षण गरेको छ। टोलीले पहिलो चरणमा तीन महिना सहकारीको नियमन र सुपरिवेक्षण गर्ने छ।
केन्द्रीय बैंकको टोली गत साउन सुरुवातदेखि सहकारी अनुगमन र निरीक्षणमा खटिँदै आएको छ। राष्ट्र बैंक उपनिर्देशक गेजा पंगेनीको नेतृत्वमा १० सदस्यीय टोलीले प्राधिकरणको सहजीकरणमा समस्या देखिएका र ठूलो आकारमा कारोबार गर्ने सहकारीको स्थलगत र निरीक्षण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)