मलेसियाका प्रधानमन्त्रीसँग बालेनले भने- रोजगारीको क्षेत्रमा बिचौलिया स्वीकार्य छैन
baahrakhari.com · Tue Sep 22 06:00:00 GMT 2026

काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र मलेसियाका समकक्षी अनवर इब्राहिमबीच टेलिफोन वार्ता भएको छ । मंगलबार बिहान उनीहरूबीच टेलिफोन वार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएकोछ । दुई प्रधानमन्त्रीबीच विशेष छलफल भएको सचिवालयले जनाएको छ ।
छलफलका क्रममा प्रधानमन्त्री बालेनले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएका छन् । उनले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीलाई बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)