बारामा लेनदेन मुद्दाका एक फरार प्रतिवादी पक्राउ
ratopati.com
बारामा लेनदेन मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको प्रसौनी गाउँपालिका ५ बस्ने देवकी साह तेलीका छोरा भादोलाल साह तेली रहेका छन् । प्रसौनीबाट खटिएको प्रहरी टोलीले उनलाई बुधवार पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई कैद भुक्तानका लागि कारागार कार्यालय वीरगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ । उनलाई बारा जिल्ला अदालतले २०७९ असार ३ गते लेनदेन मुद्दामा एक वर्ष एघार महिना कैद ठहर गरेको थियो । त्यसलगत्तै उनी फरार रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)