कानुनी व्यवस्थाको आलोकमा जलवायु परिवर्तन
ratopati.com · Tue Sep 22 06:03:34 GMT 2026

जलवायु परिवर्तन आज विश्वव्यापी रूपमा सबैभन्दा ठुलो वातावरणीय चुनौतीका रूपमा देखा परेको छ । औद्योगिक क्रान्तिपछि वायुमण्डलमा हरितगृह ग्यासको उत्सर्जन तीव्र रूपमा बढ्दै गयो । त्यसको प्रभावले पृथ्वीको औसत तापक्रम निरन्तर वृद्धि हुँदै गइरहेको छ । यसको प्रत्यक्ष प्रभाव स्वरूप विश्वभरि नै अत्यधिक गर्मी, खडेरी, अतिवृष्टि, बाढी, पहिरो, हिमपहिरो, वनडढेलो तथा समुद्री सतह वृद्धिजस्ता असामान्य प्राकृतिक घटना बढिरहेका छन् ।
जलवायु परिवर्तनको प्रभाव नेपालजस्तो पर्वतीय तथा भौगोलिक रूपमा संवेदनशील देशमा अझ गम्भीर रूपमा देखिन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)