एसियाली खेलकुदको पौडीमा आर्याको खेल सकियो, रहिन् तीसौँ स्थानमा
hamrakura.com · Tue Sep 22 00:00:00 GMT 2026
काठमाडौँ । जापानमा जारी बीसौँ संस्करणको आइची–नागोया एसियाली खेलकुदमा पौडीको महिलातर्फको १०० मिटर फ्रिस्टाइल खेलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिएकी छिन् ।
जापानको टोक्यो एक्वाटिक सेन्टरमा आज भएको प्रतिस्पर्धामा आर्याले १ मिनेट ४.३५ सेकेन्डको समय निकालिन् । पैतीस खेलाडी सहभागी यस स्पर्धामा उनी समग्रमा ३०औँ स्थानमा रहिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)