बेसीसहर–चामे सडक पाँच घण्टापछि सञ्चालन
baahrakhari.com · Mon Mar 24 18:07:30 GMT 2025

मनाङ । सुक्खा पहिरो खसेर अवरुद्ध भएको मनाङलाई जोड्ने एक मात्र स्थलमार्ग बेसीसहर–चामे सडक पाँच घण्टापछि सञ्चालनमा आएको छ । सोमबार दिउँसो लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, च्याम्चेको अक्टोपस झरनानजिकै बक्स कटिङ क्षेत्रमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
सडकमा खसेको पहिरो पाँच घण्टाको निरन्तर प्रयासपछि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । उनले भने, “पहिरोले पूर्ण रूपमा बन्द हुँदा आवागमन रोकिएकाले यात्रु, पर्यटक तथा स्थानीयवासी प्रभावित भएका थिए, पर्यटक आगमनको समय भएकाले शीघ्र सडक सञ्चालनमा ल्याउन प्रयास गरिएको थियो ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)