प्रधानमन्त्री शाह र मलेसियाली समकक्षीबिच टेलिफोन वार्ता, वैदेशिक रोजगारीलाई शोषणमुक्त बनाउनेमा जोड
nagariknews.nagariknetwork.com · Tue Sep 22 05:51:24 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग आज विशेष छलफल गरेका छन्। उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गरेका हुन्।
छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएका छन्। उनले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)