बाजुरामा संघ र स्थानीय तहको ८९ प्रतिशत बजेट खर्च, प्रदेशको ७१ प्रतिशत मात्रै
aarthiknews.com

बाजुरा । बाजुरामा गत आर्थिक वर्ष संघीय सरकार र स्थानीय तहको बजेट कार्यान्वयन प्रदेश सरकारका कार्यालयको तुलनामा प्रभावकारी देखिएको छ । आर्थिक वर्ष २०८२/८३ मा संघीय कार्यालय तथा स्थानीय तहको चालु बजेट ८९ प्रतिशत खर्च हुँदा प्रदेश सरकारअन्तर्गतका कार्यालयले चालुतर्फ ७१ प्रतिशत मात्रै खर्च गरेका छन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय बाजुराका अनुसार संघीय कार्यालय तथा जिल्लाका नौवटै स्थानीय तहका लागि चालुतर्फ विनियोजित ४ अर्ब १७ करोड ८५ लाख ८० हजार रुपैयाँमध्ये ३ अर्ब ७२ करोड ६३ लाख २१ हजार ७ सय २३ रुपैयाँ खर्च भएको छ । यो विनियोजित बजेटको ८९ प्रतिशत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)