कुलो बनाउने भन्दै घरबाट निस्किएका दाजुभाइको दर्दनाक ह'त्या
nagariknews.nagariknetwork.com · Thu May 14 01:08:55 GMT 2026

नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर खोलामा लुकाइएको अवस्थामा बुधबार शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका ३६ वर्षीय भाइ सूर्यमान तामाङ मृत अवस्थामा भेटिएका हुन्।
प्रहरीका अनुसार एक व्यक्तिले फोनमार्फत आफूले हत्या गरेको स्वीकार गर्दै घटनास्थलको जानकारी दिएका थिए। सोही सूचनाका आधारमा खोजी गर्दा दुवै जनाको शव किम्ताङ खोलामा ढुङ्गाले थिचेर लुकाइएको अवस्थामा फेला परेको हो। प्रारम्भिक अनुसन्धानमा आर्थिक लेनदेनसम्बन्धी विवादका कारण हत्या भएको आशंका गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
नेपाल प्रहरी