मलेसियाका प्रधानमन्त्रीलाई बालेनले भने : सिन्डिकेट र बिचौलिया प्रथा स्थायीरुपमा हटाऔं
annapurnapost.com · Tue Sep 22 06:06:59 GMT 2026

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग आज विशेष छलफल गरेका छन्। उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गरेका हुन्।
छलफलका क्रममा प्रधानमन्त्री बालेनले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिए। उनले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डीकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पारेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)