कोलेनिको सेवा आफ्नै भवनबाट
reportersnepal.com · Tue Sep 22 06:18:53 GMT 2026

बाजुरा, ६ असोज । कोष तथा लेखा नियन्त्रक कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह सुरुआत गरेको छ । भाडाको घरबाट सेवा दिँदै आएको कार्यालयले सोमबारदेखि आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न थालेको हो ।
विसं २०३८ मा स्थापना भएको कार्यालयले स्थापनाकालदेखि हालसम्म आफ्नो भवन अभावमा निजी घर मासिक रु ५० हजार तिर्ने गरी भाडामा लिएर सेवा प्रवाह गर्दै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)