विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपिएलको दायरा
reportersnepal.com · Tue Sep 22 06:15:58 GMT 2026
काठमाडौँ, ६ असोज। नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करणले नेपाली क्रिकेटमा फ्रेन्चाइज क्रिकेटको आधार तयार गर्यो। अब तेस्रो संस्करणतर्फ अघि बढ्दै गर्दा लिगको महत्वपूर्ण पक्षका रूपमा विदेशी खेलाडीको सहभागिता बन्न पुगेको छ।
विदेशी खेलाडी एनपिएलमा जोडिनु नौलो कुरा नभए पनि अन्तरराष्ट्रिय क्रिकेटमा स्थापित र दर्शकमाझ परिचित स्टारको सङ्ख्या बढ्दै जाँदा त्यसको प्रभाव लिगमा बढिरहेको छ। लिगका टोलीहरूबीच पनि चर्चित खेलाडीलाई भित्र्याउन तीव्र प्रतिस्पर्धा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)