५१ हजार गाईभैँसीलाई खोरेतविरूद्धको खोप
gorkhapatraonline.com · Tue Sep 22 06:21:41 GMT 2026

ओखलढुङ्गामा ५१ हजार गाईभैँसीलाई खोरेत रोगविरूद्धको खोप लगाइने भएको छ । खोरेत रोग नियन्त्रण तथा उन्मूलनका लागि जिल्लामा असोज १५ गतेदेखि खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
अभियानलाई प्रभावकारी बनाउन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुङ्गाको आयोजनामा जिल्लास्तरीय प्रमुख सहजीकरण समिति बैठक बसेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)