त्रिपुरेश्वर घटनामा मृत्यु हुने चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, प्रहरी अनुसन्धानबाट अर्काको लाइसेन्स प्रयोग गरेको खुल्यो
ratopati.com · Tue Sep 22 06:27:33 GMT 2026

काठमाडौं । सोमबार राजधानीको त्रिपुरेश्वरमा भएको सवारी सवारी आगजनीको घटनामा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि भएको छ। ट्राफिक प्रहरीसँगको झडपपछि उनले आक्रोशमा आफैले चलाएको बसमा आगजनी गरेका थिए । उक्त आगजनीमा परेर गम्भीर घाइते भएका उनको गएराति कीर्तिपुरस्तित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले प्रारम्भिक अनुसन्धानबाट मृतक तामाङ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका बासिन्दा रहेको खुलेको बताए। उनको बाबुको नाम श्यामबहादुर दोङ तामाङ र आमाको नाम बिनु तामाङ रहेको घिमिरेको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)