मोटरसाइकल र स्कुटर ठोक्किँदा चार जना घाइते
gorkhapatraonline.com · Tue Sep 22 06:29:47 GMT 2026

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोटमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ प ८७८७ नम्बरको मोटरसाइकल र बा.प्र.०६–००५ प ६३१६ नम्बरको स्कुटर एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)