सुनचाँदीको मूल्य ओरालो, प्रतितोला ३ लाख २ हजार २००
arthadabali.com · Tue Sep 22 06:29:38 GMT 2026

काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु एक हजार ७०० र चाँदीको मूल्य रु ३० घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७७५ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख तीन हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८०५ कायम भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)