लाइसेन्स थिएन, अरूकै लाइसेन्समा गाडी चलाउँथे अर्जुन दोङ
kalakarmi.com · Tue Sep 22 06:29:20 GMT 2026

काठमाडौं- त्रिपुरेश्वरमा बसमा आगो लगाउने क्रममा मृत्यु भएका चालकको पहिचान खुलेको छ । सोमवार दिउँसो रिद्धिसिद्धि यातायातको बसमा आगो लगाउँदा ज्यान गुमाउने चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३, सिस्नेरीका २५ वर्षीय अर्जुन दोङ भएको पुष्टि भएको हो ।
इन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा ब्लोनका अनुसार मृतक दोङ सिस्नेरीका स्थानीय हुन् । उनी काठमाडौंमा बस चलाउँदै परिवारको गुजारा गर्दै आएका थिए । ब्लोनका अनुसार अर्जुनले आगो लगाएको बस भने उनको आफ्नै थिएन । उनी अरूकै बस चलाउने गरेको परिवारबाट खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)