सल्यानको दार्मामा स्क्रबटाइफस संक्रमण, छ जनाको मृत्यु
gorkhapatraonline.com · Tue Sep 22 06:30:28 GMT 2026

सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफसको संक्रमण तीव्र बनेपछि परीक्षण तथा उपचारका लागि चिकित्सकको टोली परिचालन गरिएको छ । सोमबार एकै दिन १९१ जनाको परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको छ । साउनयता संक्रमणका कारण छ जनाको मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमण बढेपछि जिल्ला अस्पताल सल्यानका डा. बालाराम केसीको नेतृत्वमा आवश्यक औषधी तथा परीक्षण सामग्रीसहित चिकित्सकको टोली दार्मा पुगेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख डा. प्रतिभा विकका अनुसार टोलीले दार्माका दुई स्थानमा स्क्रबटाइफस परीक्षण गर्नेछ । परीक्षणसँगै बिरामीको स्वास्थ्य अवस्था हेरी आवश्यक उपचार तथा परामर्श दिइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)