३२औँ बैठकमा अर्थसम्बन्धी विधेयकमाथि छलफल हुने
ajakoartha.com · Tue Sep 22 06:32:00 GMT 2026

काठमाडौं - प्रतिनिधि सभाको अर्थ समितिको ३२औँ बैठक बुधबार बस्ने भएको छ। बैठकमा ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि छलफल हुने समिति सचिवालयले जनाएको छ।
समिति सचिवालयले जारी गरेको सूचनाअनुसार बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ। यस्तै, विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका संशोधनकर्ता सांसदहरूसँग पनि छलफल गरिने समितिले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)