बसमा आगलागी : प्रदर्शनमा उत्रिए आफन्त
barnanmedia.com · Tue Sep 22 06:27:59 GMT 2026

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगजनी गरी मृत्यु भएका चालकका आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् । घटनाप्रति आपत्ति जनाउँदै मृतकका परिवार तथा समर्थकले मंगलबार (असोज ६) कीर्तिपुरस्थित बर्न अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् ।
सोमबार (असोज ५) मध्याह्न १२ः११ बजेतिर त्रिपुरेश्वरमा रोकिराखेको थानकोट–मूलपानी चल्ने रिद्धिसिद्धि यातायातको बा५ख ४२७६ नम्बरको बसमा आगलागी भएको थियो । त्यति बेला कोही यात्रु नभएको बसमा चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का २३ वर्षीय अर्जुन दोङ आफैँले आगजनी गरेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)