केरा खेतीमा जमेका ‘पूर्ण’
deshsanchar.com · Wed Feb 08 17:15:02 GMT 2023
कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका पूर्णसिंह साउद अढाई दशकदेखि केरा खेती गरिरहेका छन्। बीस बिघा जमिनमा व्यावसायिक रूपमा केरा खेती गरिरहेका साउदको वार्षिक रु ९० लाख बराबरको कारोबार रहेको छ।
आफूसित भएको अढाई बिघा खेतसँगै बाँकी तीन/चार ठाउँमा जमिन भाडामा लिएर केरा खेती गरिरहनुभएका साउदले केराबाट वार्षिक रु पाँचदेखि सात लाख बचत गरिरहेको बताए। “सबै खर्च कटाएर रु पाँच/सात लाख बचत हुन्छ”, उनले भने, “कमाईको रकमले छोराछोरी पढाउनेदेखि सम्पत्ति जोड्ने काम भयो।”
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)