संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
gorkhapatraonline.com · Tue Sep 22 06:41:09 GMT 2026

इरानका विदेशमन्त्री अब्बास अराघ्ची संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन सोमबार न्यूयोर्क आइपुग्नुभएको छ । इरानको विदेश मन्त्रालयका अनुसार उहाँले महासभामा सहभागी हुने इरानी कूटनीतिक प्रतिनिधिमण्डलको नेतृत्व गर्नु हुनेछ । न्यूयोर्क आगमनपछि विदेशमन्त्री अराघ्चीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग टेलिफोनमार्फत संवाद गर्नुभएको छ ।
सो अवसरमा महासभाको कार्यसूची तथा विभिन्न अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ । उहाँले संयुक्त राष्ट्रसंघको महासभालाई इरानी जनताको अधिकार र हितसँग सम्बन्धित विषयमा आफ्नो देशको धारणा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुभएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)