कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी-जावलाखेल क्षेत्रमा यात्रु प्रतिक्षा बेन्च स्थापना
corporatenepal.com · Tue Sep 22 06:37:42 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी जावलाखेल व्यापार संघको सहकार्यमा कुमारीपाटी-जावलाखेल क्षेत्रमा ५ थान प्रतीक्षा-बेन्च स्थापना गरेको छ । बैंकले सर्वसाधारण तथा यात्रुहरूको सहजता र सुविधालाई मध्यनजर गर्दै निर्माण गरेको उक्त प्रतीक्षा–बेन्च स्थापना गरिएको हो ।
बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रतीक्षा-बेन्च स्थापना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)