सुस्मिताले परिवर्तन गरिन् आफ्नो ‘केसी’ थर
kalakarmi.com · Tue Sep 22 06:44:32 GMT 2026

काठमाडौं– अभिनेता अनमोल केसीकी आमा अभिनेत्री सुस्मिता केसीले लामो समयदेखि प्रयोग गर्दै आएको आफ्नो थर परिवर्तन गरेकी छिन् । उनले सामाजिक सञ्जालमा आफ्नो नाम पछाडिको ‘केसी’ थर हटाएर ‘लामा’ राखेकी छिन् । अहिले उनको फेसबुकमा उनको नाम सुस्मिता लामा देखिन्छ ।
सुस्मिताले आफ्ना पूर्व श्रीमान् तथा अभिनेता भुवन केसीसँग सम्बन्ध विच्छेद गरेपछि पनि ‘केसी’ थर प्रयोग गर्दै आएकी थिइन् । यही विषयलाई लिएर सामाजिक सञ्जालमा उनलाई विभिन्न प्रश्नसमेत गरिँदै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)