मलेसियाली प्रधानमन्त्रीसँग बालेनको टेलिफोन वार्ता, के भयो कुरा ?
ajakoartha.com · Tue Sep 22 06:40:00 GMT 2026

काठमाडौं - राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका प्रश्थान गर्नु पूर्व प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग विशेष छलफल गरेका छन्। उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गरेका हुन्।
छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएका छन्। उनले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)