त्रिपुरेश्वर आगजनी : कीर्तिपुर अस्पतालमा मृत्युका आफन्त र प्रहरीको भिड
nepalviews.com · Tue Sep 22 06:41:07 GMT 2026

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी गरी जलेर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा गए राति कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ। मृतकका आफन्तहरू अहिले कीर्तिपुर अस्पताल परिसरमा जम्मा भएका छन् ।
अस्पताल परिसरमा आवश्यक सुरक्षा व्यवस्थाका लागि प्रहरी टोलीको समेत उपस्थित रहेको छ। ट्राफिक प्रहरीसँगको विवादपछि चालकले बसमा आफैँ आगजनी गरेका थिए । ट्राफिक प्रहरीसँग भएको विवादका भिडियो पनि सार्वजनिक भएको छ । उनले आगो लगाउनुअघि आफूमाथि कारवाही गरिए ज्यान दिने भनेको भिडियोमा सुनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)