३३ झोलुंगेपुल पुनर्निर्माणको डीपीआर
annapurnapost.com · Tue Sep 22 06:33:22 GMT 2026

नुवाकोट : लेन्दे खोलाबाट रसुवागढी हुँदै भोटेकोशीबाट त्रिशूली नदीमा मिसिएको अकल्पनीय बाढीले नुवाकोटको त्रिशूली नदीमा रहेका विभिन्न पुलहरू बगाएपछि पहिलो चरणमा झोलुंगे पुल पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ। पुल बगाउँदा नुवाकोटको पश्चिमी भेगमा तीन सातादेखि आवतजावतमा समस्या हुँदै आएको छ।
बाढीले त्रिशूली नदीमा जडित पक्की तथा झोलुंगे पुल बगाएपछि तीन सातादेखि आवागमन ठप्प रहेको छ। त्रिशूली नदीमा सरकारले ३३ वटा झोलुंगेपुल पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्य अन्तिम तयारीमा रहेको जनाएको छ। भौतिक पूर्वाधार मन्त्रालयले बाढीले क्षतिग्रस्त नुवाकोटको बेलकोटगढी–६ स्थित पिमलटार–जागाराम झोलुंगे पुलको पुनर्निर्माण तथा मर्मतको कार्य सम्पन्न भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)