नेपाल भारतसँग १-० गोलले पराजित
news24nepal.tv · Sun Oct 10 18:03:12 GMT 2021
काठमाडौं । साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । आइतबार माल्दिभ्समा भएको खेलमा खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्रीले निर्णयक गोल गरेका थिए । उनले भारतका लागि ८२ औं मिनेटमा गोल गरेका थिए ।
नेपालबिरुद्धको खेलमा भारतले बल धेरैजसो आफ्नो कब्जामा राखेको थियो । भारतले सुरुवातबाटै निरन्तर एटेकिङ गरेको थियो । नेपालले पनि केही गोल गर्ने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)