अमेरिकाले ग्रिनल्यान्डमा दुई नयाँ सैनिक अखडा स्थापना गर्ने
lokaantar.com

अमेरिकाले दक्षिण ग्रिनल्यान्डमा शीतयुद्ध ताकाको सैनिक अखडा पुनः स्थापना गर्ने भएको छ । डेनमार्क र ग्रिनल्यान्डसँग मंगलबार हस्ताक्षर हुने नयाँ सम्झौताअनुसार अमेरिकाले पूर्वी तटमा अर्को नयाँ अखडा निर्माण गर्ने योजना बनाएको रोयटर्सले जनाएको छ ।
समाचार अनुसार यी दुई नयाँ स्थलहरूमध्ये पहिलो नार्सार्सुआक हो, जहाँ सन् १९५० को दशकमा अमेरिकाले आफ्नो ‘ब्लू वेस्ट वन’ सैनिक अखडा बन्द गरेपछि हाल त्यहाँको जनसङ्ख्या घटेर केही दर्जन मानिसमा सीमित भएको छ । दोस्रो स्थल मेस्टर्सभिग हो, जुन डेनिस विशेष फौजको युनिट ‘सिरियस डग स्लेज गस्ती’द्वारा प्रयोग गरिँदै आएको सैनिक चौकी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)