अमेरिका-इरान तनाव चर्किदा होर्मुजमा ट्यांकरमाथि प्रहार
gorkhapatraonline.com · Tue Sep 22 06:50:47 GMT 2026

अमेरिकाले मध्यपूर्वमा जारी द्वन्द्वलाई थप चर्काए युद्धको क्षेत्र नै विस्तार गर्ने इरानको इस्लामिक रिभोलुसनरी गार्डले चेतावनी दिएको छ । इरानको रिभोलुसनरी गार्डले सोमबार अमेरिकाले द्वन्द्वलाई थप बढाएमा युद्धको ‘भूगोल परिवर्तन’ गर्ने जनाएको हो ।