लमजुङको मध्यनेपालबाट करदाता सेवा सुरु
gorkhapatraonline.com · Tue Sep 22 06:52:04 GMT 2026

मध्यनेपाल नगरपालिकाले नगरपालिकाको कार्यालयबाटै करदाता सेवा प्रवाह सुरु गरेको छ । आन्तरिक राजस्व कार्यालय दमौली र मध्यनेपाल नगरपालिकाबिच भएको समझदारीपत्रअनुसार नगरपालिकाले करदाता सेवासम्बन्धी सेवा सुरु गरेको हो ।
नगरपालिकाले करदाताको सहजताका लागि स्थायी लेखा नम्बर (प्यान) जारी गर्ने, व्यवसायलाई आयकरमा दर्ता गर्ने तथा व्यवसायको कारोबार थप गर्ने, प्यान दर्तासँग सम्बन्धित संशोधन गर्ने र दर्ता खारेज भएका व्यावसायिक स्थायी लेखा नम्बरलाई व्यक्तिगत स्थायी लेखा नम्बरमा रूपान्तरण गर्ने सेवा उपलब्ध गराउने नगर प्रमुख रमेशकुमार पाण्डेले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)