त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो, अरूको नाममा बैंक खाता र नागरिकता प्रयोग
aarthiknews.com

काठमाडौँ। त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा मृत्यु भएका चालक अर्जुन दोङ तामाङले विभिन्न व्यक्तिका नाममा जारी भएका सवारीचालक अनुमतिपत्र तथा अन्य कागजात प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक आगलागी हुँदा चालक तामाङ घाइते भएका थिए। उपचारका क्रममा उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)