मलेसियाका प्रधानमन्त्रीलाई बालेनले भने-‘हामीलाई सिन्डिकेट र विचौलियातन्त्र स्वीकार्य छैन’
reportersnepal.com · Tue Sep 22 06:51:31 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच आज बिहान टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएका थिए । उनले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा विचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पारेको प्रधानान्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)