महिला कबड्डीमा नेपालको पुनरागमन जित
gorkhapatraonline.com · Tue Sep 22 07:03:24 GMT 2026
२० औँ एसियाली खेलकुदमा मङगलबार नेपालले महिला कबड्डीमा शानदार पुनरागमन जित हात पारेको छ । नागोयाको टोकाइ सिटिजन जिम्नेजियममा भएको खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ ले हराएर विजयी सुरुआत गरेको छ।
थाइल्यान्डले आप्mनो पहिलो खेलमा श्रीलङ्कालाई हराएको थियो । समूह बिमा रहेको नेपालले अब बुधबार चाइनिज ताइपेइ र बहिबार श्रीलङ्कासँग खेल्नेछ । आठ टिम सहभागी महिला कब्डीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने प्रावधान रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)