जापानमा शक्तिशाली आँधी : प्रतिघण्टा १३० किलोमिटरको हावा चल्दा ४ जनाको मृत्यु
kathmandupati.com · Tue Sep 22 07:04:10 GMT 2026

काठमाण्डु – शक्तिशाली आँधी डुजुआनले टोकियोसहित जापानका आसपासका प्रिफेक्चरमा भारी वर्षा र तीव्र हावाहुरी ल्याउँदा कम्तीमा ४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
आँधीका कारण करिब ५० हजार घरपरिवार विद्युत् सेवाबाट प्रभावित भएका छन् भने सयौँ उडान स्थगित गरिएका छन्। आँधी जापानको पूर्वी तटबाट टाढिँदै गएपछि मंगलबार अधिकांश स्थानमा जारी गरिएका उद्धार तथा सुरक्षित स्थानमा सर्नेसम्बन्धी आदेश हटाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)