नेकपामा अधिवेशन थाल्न सकस, परिमार्जन हुँदै कार्यतालिका
annapurnapost.com · Tue Sep 22 06:55:26 GMT 2026

काठमाडौं : विभिन्न कम्युनिस्ट घटकहरूबीचको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई केन्द्रदेखि वडा तहसम्मै अधिवेशन सुरु गर्न सकस परेको छ।
पार्टी एकता प्रक्रिया सम्पन्न भएपछि संगठनलाई व्यवस्थित बनाउन र सबै तहका कमिटीहरूलाई पूर्णता दिने काम लामो समयदेखि अधुरै छ। एकता प्रक्रियालगत्तै सुरु हुनुपर्ने सांगठनिक समायोजनको काम समयमै नसकिँदा र अझै पनि कतिपय भ्रातृ एवम् जनवर्गीय संगठनहरूको एकता टुंगोमा पुग्न नसक्दा पार्टीको आन्तरिक जीवन सुस्त बनेको छ। यही सांगठनिक अलमल र ढिलाइका कारण पार्टीले अघि सारेको पहिलो एकता राष्ट्रिय महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका नराम्ररी प्रभावित हुन पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)