उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
reportersnepal.com · Tue Sep 22 07:01:06 GMT 2026

सियोल, ६ असोज । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले उत्तर कोरियाको आणविक कार्यक्रम तत्काल पूर्ण रूपमा अन्त्य गराउने प्रयासभन्दा हालको स्तरमा रोक्न र त्यसको बदलामा प्योङयाङमाथिका प्रतिबन्धमा राहत दिन अमेरिकालाई आग्रह गरेका छन् ।
द न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले आणविक निशस्त्रीकरणलाई अन्तिम लक्ष्य बनाए पनि त्यसलाई वार्ताको पूर्वसर्त बनाउँदा कुनै उपलब्धि हासिल गर्न नसकिने बताए । राष्ट्रपति लीले सन् २०२५ जुनमा सत्ता सम्हालेपछि पूर्वसर्तबिना उत्तर कोरियासँग वार्ता गर्न प्रस्ताव गर्दै आएको भए पनि प्योङयाङले त्यसप्रति अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)