मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डायलसिस गर्न महिनौं कुर्दै

ekantipur.com · Sat Apr 01 01:11:30 GMT 2023

काठमाडौँ — डायलसिस गराउनकै लागि एक महिनाअघि परिवारसहित राजधानी आएका सप्तरी राजविराजका ३५ वर्षीय शम्भु महराको दुवै खुट्टा सुन्निएको छ । वीर अस्पतालमा बिहीबार भेटिएका उनको डायलसिसका लागि घाँटीमा पाइप जडान गरिएको छ तर पालो पाएका छैनन् । सुन्निएका खुट्टाले मुस्किलले हिँडडुल गर्छन् ।

उनको घरबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान साढे तीन घण्टाको दूरीमा छ । त्यहाँ २० वटा डायलसिस मेसिन सञ्चालनमा छन् तर बेड खाली छैन । स्वास्थ्य विभागले गत साउनमा दिएका १० डायलसिस मेसिन सञ्चालनमा छैनन् । ‘सञ्चालितमध्ये केही बिग्रिएर फेर्नका लागि तयारी अवस्थामा छ,’ बीपी प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगतनारायण प्रसादले भने, ‘केही मेसिन स्थान अभावका कारण सञ्चालनमा ल्याउन सकिएको छैन ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)