मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जिन्दगी यसैगरी चल्दै जान्छ

nayapatrikadaily.com · Mon Jul 31 00:24:00 GMT 2023

जब जुलियो १० वर्षका थिए तब उनको एक मात्र सपना थियो– आफ्नो सबैभन्दा प्यारो क्लब रियल मेड्रिडका तर्फबाट फुटबल खेल्नु । उनी दिनभर फुटबल खेल्थे, अभ्यास गर्थे । बिस्तारबिस्तारै उनी एक निकै राम्रा गोलकिपर बने । २० वर्षको हुँदानहुँदै उनको बाल्यकालको सपना साकार बन्यो । उनलाई रियल मेड्रिडका तर्फबाट फुटबल खेल्न सम्झौता गरियो । खेलका धुरन्धरहरू जुलियोबाट निकै प्रभावित थिए र उनी छिट्टै स्पेनका नम्बर १ गोलकिपर बन्ने भन्ने विश्वास राख्थे ।

सन् १९६३ को एक साँझ जुलियो र उनका साथीहरू भयानक कार दुर्घटनामा परे । र, रियल मेड्रिड र स्पेनका नम्बर १ गोलकिपर बन्ने सम्भावना बोकेका जुलियो अस्तालको शड्ढयामा पुगे । उनको कम्मरमुनिको भाग प्यारालाइज्ड भयो । उनले फुटबल खेल्नु त टाढाको कुरा, उनी हिँड्न या चल्न सक्नेमै पनि डाक्टर स्वयं आश्वस्त थिएनन् । लामो उपचारका क्रममा जुलियो निराश भइसकेका थिए । उनी बारम्बार सो घटना सम्झिएर दुःखी बन्थे । आफ्ना पीडा कम गर्न उनले कविता र गीत लेख्न थाले । बिस्तारै उनले गितारका तारमा पनि आफ्ना औँला दौडाउन थाले । आफैँले लेखेका गीत गितारका धुनसँगै गाउन थाले ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)